लुम्बिनी प्रदेशमा बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइदै

लुम्बिनी प्रदेशमा बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइदै


  • 7.3K
    SHARES
    • पौष ५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    लुम्बिनी प्रदेशमा बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइदै

    बुटवल, ५ पुस , लुम्बिनी प्रदेशका नौ जिल्लामा सोमबारदेखि १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइँदैछ ।

    images

    सरकारले बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

    लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, दाङ र बाँकेमा १२ वर्षमाथिका दीर्घरोगीका लागि फाइजर खोप सञ्चालन भएको र अहिले दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।


    तेस्रो आँखा