लुम्बिनीको नीति तथा कार्यक्रम तीन दिनसम्म छलफल हुने

लुम्बिनीको नीति तथा कार्यक्रम तीन दिनसम्म छलफल हुने


  • 4.6K
    SHARES
    • जेठ २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.0K Views

    लुम्बिनीको नीति तथा कार्यक्रम तीन दिनसम्म छलफल हुने

    दाङ, २८ जेठ । लुम्बिनी प्रदेशसभामा तीन दिन नीति तथा कार्यक्रममा छलफल हुने भएको छ । प्रदेशसभाको आईतबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को संसदमा प्रस्तुत नीति तथा कार्यक्रम सम्बोधन गरेकोमा प्रदेश प्रमुख अमिक शेरचनलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतले पारीत गरेको छ ।

    images

    माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा र काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना समर्थन गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारीत भएको हो ।

    यो संगै जेठ २९, ३० र ३१ मा नीति तथा कार्यक्रममा छलफल हुनेछ । आगमी प्रदेशसभा बैठक २९ जेठमा दिउसो १ बजेदेखि बस्नेछ ।


    तेस्रो आँखा