राप्ती गाउँपालिकामा गर्मी विदा थप

राप्ती गाउँपालिकामा गर्मी विदा थप


  • 5.4K
    SHARES
    • जेठ ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 8.3K Views

    राप्ती गाउँपालिकामा गर्मी विदा थप

    दाङ ३० जेठ /
    दाङको राप्ती गाउँपालिकाले गर्मी विदा थप गरेको छ । विगत केही दिनदेखि निरन्तर बढेको तापक्रमका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको तथा पठन पाठनमा समेत समस्या भएपछि सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गर्मी विदा थप गरेको गाउँपालिकाले जनाएको छ ।

    images

    गत जेठ २४ गतेदेखि २६ गतेसम्म पहिलो चरण गर्मी विदा गरेको पालिकाले २७ गतेदेखि पुनः पढाई सञ्चालन गर्न भनेको थियो । तर शिक्षासंग सरोकार राख्ने सरोकारवालाहरुले विद्यालयमा पठन पाठन स्थगित गर्न सुझाव दिए पछि मंगलबार एक विज्ञेप्ती निकालेर जेठ ३१ गतेदेखि असार १ गतेसम्म हिउँदे र बर्खे विदा कट्टी हुने गरी विद्यालयमा गर्मी विदा दिएको हो ।  

    353842191_3382336795410674_3475583021450689629_n.jpg


    तेस्रो आँखा