• ट्रेण्डिङ्ग :
मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत


  • 3.3K
    SHARES
    • जेठ ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

    दाङ ३० जेठ /
    मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको हो । मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ साँसदले मत दिएका छन् ।

    images

    प्रदेशसभामा १०७ सांसद छन् । प्रदेशका सबभन्दा ठूलो दल नेकपा एमालेकै समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

    तर सत्ता समिकरण बदलिएपछि सरकार छाडेको एमालेले जेठ १ मा समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको छ । तर एमालेले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि सरकारको विपक्षमा कुनै दल नै रहेनन्।


    तेस्रो आँखा