काठमाडौं, ५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगले केपी ओलीको राजनीति जोगाउन ठूलो डिजाइन र षडयन्त्र भएको दावी गरेका छन् ।
अध्यक्ष दाहालले आयोगले संविधान र ऐनअनुसार काम गरेको भए केपी ओली आज केपी ओली नहुने दावी गरेका छन् । पुस ५ का सन्दर्भमा आयोजित कार्यक्रममा दाहालले यदि निर्वाचन आयोगले कानून र विधी अनुसार निर्णय लिएको भए ओली आज पार्टी विहीन हुने दावी गरे । अध्यक्ष दाहालले ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको दावी गरे ।
उनले माधव नेपाल गएको ठाउँमा केपी ओली नजानुलाई अलोकतान्त्रिक संस्कार भएको भन्दै चर्काे आलोचना गरे । उनले भनेः कांग्रेस महाधिवेशनमा पनि आउनुहुन्न कि भनेको धन्न त्यहाँ चाहिँ आउनुभयो । निर्वाचन आयोगले, संसदले सबैले स्वीकारेर सरकारमा समेत सहभागी भएको पार्टीलाई मान्यता नदिनु कहाँसम्मको लोकतान्त्रविरोधि चरित्र हो ?’
