• ट्रेण्डिङ्ग :
श्रीमानको कुटपिटबाट गम्भीर घाइते वडा सदस्यको मृत्यु 

श्रीमानको कुटपिटबाट गम्भीर घाइते वडा सदस्यको मृत्यु 


  • 3.2K
    SHARES
    • जेठ ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    श्रीमानको कुटपिटबाट गम्भीर घाइते वडा सदस्यको मृत्यु 

    दाङ ३२ जेठ / 
    श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ । घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए ।

    images

    गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।
    ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् ।


    तेस्रो आँखा