एमसीसीमा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न सकिदैन : माधव नेपाल 

एमसीसीमा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न सकिदैन : माधव नेपाल 


  • 6.6K
    SHARES
    • पौष ५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    एमसीसीमा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न सकिदैन : माधव नेपाल 

    काठमाडौं, ५ पुस । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् । 

    images

    आज राजधानीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष बोल्दै नेपालले त्यस्तो बताएका हुन् । नेता नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने पनि बताएका छन् ।

    त्यस्तै, उनले एमसीसी छिमेकी देशसँगको सम्बन्धमा असर पर्न खाल्को हुनु नहुने बताए । नेता नेपाले भने 'एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालले नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरूसँग असर पर्ने नहोस्।’  

    एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउने प्रयास भइरहेको जानकारी दिएका उनले एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको बताए । 
     

  • सम्बन्धित विषय:

  • # नेकपा समाजवादी
  • # माधव नेपाल

  • तेस्रो आँखा