युगाण्डाको विद्यालयमा आक्रमण हुँदा कम्तिमा ४० जनाको मृत्यु

युगाण्डाको विद्यालयमा आक्रमण हुँदा कम्तिमा ४० जनाको मृत्यु


  • 5.0K
    SHARES
    • आषाढ ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.7K Views

    युगाण्डाको विद्यालयमा आक्रमण हुँदा कम्तिमा ४० जनाको मृत्यु

    काठमाडौं, ०३ असार । पश्चिमी युगान्डाको एक विद्यालयमा इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले आक्रमण गर्दा कम्तिमा ४० जनाको मृत्यु भएको छ। मृत्यु हुने अधिकांश विद्यालयको छात्रावासमा बसेका विद्यार्थीहरु रहेको बीबीसीले जनाएको छ।

    images

    मपोन्डेस्थित लुबिरिहा माविमा भएको आक्रमणमा घाइते भएका थप आठ जनाको अवस्था गम्भीर रहेको छ। एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ)का सशस्त्र विद्रोहीहरूले शुक्रबार विद्यालयमा आक्रमण गरेका हुन्।

    पश्चिमी युगान्डाको कासेसे जिल्लाको विद्यालयमा शुक्रबार स्थानीय समयअनुसार राति साढे ११ बजे आक्रमण भएको हो।

    घटनाको क्रममा एडीएफ विद्रोहीहरूले छात्रावास जलाउनुका साथै खाद्यान्न स्टोर लुटेको बताइएको छ। केही विद्यार्थीहरु अपहरणमा परेको अधिकारीहरुले बताएका छन्। अपहृत हुनेमा अधिकांश छात्राहरु छन्।


    तेस्रो आँखा