- तेस्रो आँखा डेस्क
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला रहेकी छन् ।
त्यस्तै, दोस्रोमा पुष्पा भुषाल र डा.आरजू राणा देउवा तेस्रो स्थानमा रहेकी छन् । खुला महिलातर्फ ९ जनाको लागि ३० जना उम्मेदवारबीच भिडन्त भएको थियो ।
२६५० मतगणना हुँदा हेर्नुहोस् कसको कति :
डिला संग्रौला १६५०
पुष्पा भुसाल १५५९
आरजु राणा १४५६
अम्बिका बस्नेत १३१०
ईश्वरी न्यौपाने १२९६
सरिता प्रसाईं ११९०
रमा कोइराला १०५८
सुशीला ढकाल १०४१
रङमती शाही १०२५
अनिता देवकोटा ९५१
