• ट्रेण्डिङ्ग :
जिप दुर्घटनामा आन्तरिक मामिलामन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु, ३ जना घाइते

जिप दुर्घटनामा आन्तरिक मामिलामन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु, ३ जना घाइते


  • 5.5K
    SHARES
    • आषाढ ५, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 8.4K Views

    जिप दुर्घटनामा आन्तरिक मामिलामन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु, ३ जना घाइते

    बझाङ ५ असार /
    जिप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।

    images

    दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीले बताए । घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको डीएसपी केसीले बताए ।

    सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।


    तेस्रो आँखा