हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश


  • 3.3K
    SHARES
    • आषाढ ६, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

    काठमाडौं, ६ असार । उच्च अदालत, पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।

    images

    न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

    ३२ जेठदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । तर काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।


    तेस्रो आँखा