काठमाडौं, ५ पुस । कांग्रेस १४ औं महाधिवेशनमा संस्थापनइतरबाट महामन्त्रीमा उम्मेदवारी दिएका डा.मिनेन्द्र रिजाल महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीको पदबाट राजीनामा दिए । पार्टीमा आफ्नो क्षमताको मूल्याङकन भएको भन्दै रिजालले मतपरिणाम सार्वजनिक भएकै दिन पुस १ गते रक्षामन्त्री पदबाट राजिनामा घोषणा गरे । पछिल्लो समय नेपाली राजनीतिमा सत्ता र शक्तीकालागि मरिहत्ये गर्नेहरुका लागि डा.रिजाल एक उदाहरण व्यक्तीकारुपमा प्रस्तुत भए ।
तर, उनको त्याग सत्तामा भन्दापनि शक्तीमा नहुनुमा थियो । आफ्नै पक्षका अर्का महामन्त्रीका उम्मेदवार गगन थापाले अत्यधिक मत ल्याउनु, सभापतिका उम्मेदवार डा.शेखर कोइराला र शेरबहादुर देउवाबीच पुनः दोस्रो पटक मतगणना हुनु, तर डा.रिजाललाई समुह र पार्टी नेता कार्यकर्ताको समर्थन नमिल्नु मुख्यकारण थियो । उनले अब राजनीतिमा रहने नरहने प्रष्ट भन्न सकेनन् ।
रक्षामन्त्रीबाट डा.रिजालले राजिनामा दिएपछि अहिले रक्षामन्त्रालय खाली छ । तर, गठबन्धन दलबीच रक्षामन्त्रालय हत्याउनकालागि छलफल सुरुभएको छ । सुरुदेखिनै प्रमुख मन्त्रालय आफ्नै पोल्टामा राखेको आरोप लाग्ने गरेको कांग्रेसलाई रक्षामन्त्रालमा कस्लाई राख्ने भन्ने सकस बढेको छ । १४ औं महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक नहुदै नेताहरुबाट घेरिएका सभापति शेरबहादुर देउवा रक्षामन्त्री कस्लाई दिने भन्नेबारेमा अन्यौलमा परेका छन् ।
अहिले रक्षामन्त्रालयको जिम्मेवारी स्वयम प्रधानमन्त्री देउवाले लिने भएका छन् । मन्त्रालयको वेब साइटमा रक्षामन्त्रीको फोटो राखिएको छैन भने, मन्त्रीको नाम पनि उल्लेख छैन । सत्ता गठबन्धन दलमा नेता व्यवस्थापनमा सकस हुदा मन्त्रालय खालीहुदै गर्दा नेताहरु आन्तरिक लविङमा जुटेका हुन ।
नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले सुरुदेखिनै मन्त्रालय भागबण्डामा असन्तुष्टी जनाउदै आइरहेको छ । भने, सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले भागबण्डामा आफुहरु पछि परेको बताउदै आएको छ ।
एक स्रोतले भन्योः रक्षामन्त्रालयका विषयमा गठबन्धनभित्र छलफल सुरुभएकाे छ, तर प्रधानमन्त्री देउवा आफ्नै नजिककालाई राख्न चाहानु हुन्छ । स्रोतका अनुसार एकिकृत समाजवादी पार्टीले मन्त्री बनाउने आश्वासन दिएका नेताहलाई सरकारमा पठाउने तयारी गरेको छ । भने माओवादी केन्द्रले भूमिका विहिन नेतालाई सत्तामा ल्याउन चाहान्छ ।
त्यस्तै, जसपाभित्र मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएका मान्यलाई मन्त्री बनाउने लयमा रहेको छ । अहिलेसम्म रक्षामन्त्रालय कस्लाई दिने विषयमा कुनै छलफल नभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा १४ औं महाधिवेशनको सबै मतपरिणाम आउन बाँकी रहेकाले अहिलेनै रक्षामन्त्रलयको जिम्मेवारी सुम्पीने विषयमा सकारात्मक देखिएका छैनन्र ।
कांग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेपछि कस्लाई रक्षामन्त्रालय सुम्पिने भन्ने विषयमा छलफल हुने एक नेताले बताए । अहिले कांग्रेसभित्र नव निर्वाचित गगन थापालाई रक्षाको जिम्मेवारी सुम्पिने भन्ने चर्चा चलेको छ ।
एकिकृत समाजवादीमा रक्षामन्त्रालय पार्टीले पाए गठबन्धनको मन्त्रीपरिषद् बन्दै गर्दा अन्तिम अबस्थामा छुटेका दाङका मेटमणी चौधरीलाई जिम्मेवारी दिने सक्ने सम्भावना पनि बढेको एक नेताले बताए । त्यस्तै माओवादी केन्द्रले पार्टी प्रवक्ता कृष्ण बहादुर महरालाई रक्षाको जिम्मेवारी सुम्पिन सक्ने तयारी गरेको छ ।
प्रधानमन्त्री देउवाले लोकतान्त्रीक समाजवादी पार्टी सरकारमा आए उसलाई कुनै मन्त्रालय दिएर रक्षा आफैसंग राख्ने तयारी गरेको बुझिएको छ । अहिले सत्तारुढमा एमसीसीका विषयमा जारी बहशका बीचमा रक्षामन्त्रालयको लविङ सुरुभएको नेताहरुले बताए । एमसीसीका विषयमा गठबन्धनमा फरक मत देखिदै गर्दा कतै रक्षामन्त्रालय दलहरुको सौदाबाजीमा त पर्दैन भन्ने संशय बढेको छ ।

