प्रतिनिधिसभा बैठक बस्दै, आज पनि एमालेले अवरोध गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, आज पनि एमालेले अवरोध गर्ने


  • 7.9K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    प्रतिनिधिसभा बैठक बस्दै, आज पनि एमालेले अवरोध गर्ने

    काठमाडौं ६ पुस। आज बस्ने प्रतिनिधिसभामा बैठक पनि नेकपा एमालले अवरोध गर्ने भएको छ। नेकपा एमालेका सचेतक विशाल भट्टराईले पूर्ववत कार्यक्रमहरु यथावत रहेको बताए। तेस्रो आखाँसँग कुरा गर्दै उनले सभामुख अग्नि प्रसाद सापकोटाले एमालेसँग छलफल गर्न नखोजेको भन्दै आफ्ना कार्यक्रमहरु यथावत रहेको बताएका हुन्।

    images

    उनले भने, हामीसँग कुरा गर्न खोजिएन। एमालेसँग सभामुख र प्रधानमन्त्रीले कुराकानी गर्न चाहेको अवस्थामा नेतृत्व तयार छ। तर, गठबन्धनमा छलफल गर्न खोज्नु हुन्छ। पार्टीले कारवाही गरेका सांसदहरुसँग बसेर एमालेले के छलफल गर्ने? पार्टीले कारवाही गरेका सांसदहरुको नामावली सार्वजनिक नगरेको भन्दै एमाले सभामुखसँग रुष्ट छ।

    आफूले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा वर्षे अधिवेशनभर विरोध जनाएको एमालेले गत मंगलबारदेखि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि विरोध जारी राखेको थियो । त्यसपछि सभामुख सापकोटाले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

    प्रतिनिधि सभाको बैठक ;दिउँसो १ बजे बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ। संसद बैठकको कार्यसूची तयार पार्न विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ। सोमबार सार्वजनिक सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् ।

    कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    sambhabit karya suchi.JPG

  • सम्बन्धित विषय:

  • # संसद्
  • # नेकपा एमाले

  • तेस्रो आँखा