दाङ १३ असार /
लुम्बिनीमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि बुधबारदेखि संसदमा छलफल हुने भएको छ। बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ। यसअघि असार १० गते बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएको थियो ।
