नेपाली कांग्रेस : प्रदेश २मा आज मनोनयन, भोलि प्रदेश अधिवेशन

नेपाली कांग्रेस : प्रदेश २मा आज मनोनयन, भोलि प्रदेश अधिवेशन


  • 8.4K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    नेपाली कांग्रेस : प्रदेश २मा आज मनोनयन, भोलि प्रदेश अधिवेशन

    काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको प्रदेश नं. २ को प्रदेश अधिवेशन बुधबार उद्घाटन हुने भएको छ। पार्टी महाधिवेशन हुनु पूर्व हुन नसकेको प्रदेश २ को अधिवेशनको आज (मंगलबार) नेतृत्व चयनका लागि मनोनय दर्ता हुने छ। 

    images

    प्रदेश २ मा संस्थापन पक्षले प्रदेश सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने इतर पक्षबाट रामसरोज यादवलाई अघि सार्ने देखिएको छ। रामसरोज यादव प्रदेशसभा संसदीय दलका नेता हुन्। 

    इतरसमूहले निधिनिकट मानिएका उनलाई सहयोग गर्ने गरी तयारी भइरहेको नेताहरु बताउँछन्। उता संस्थापन पक्षका नेताहरुको बैठकले रौतहटका पार्टी सभापति यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

    प्रदेश २ बाहेक ६ वटै प्रदेशमा यस अघि नै प्रदेश अधिवेशन सम्पन्न भैसकेको छ । प्रदेश २ का ८ जिल्लामा अझै जिल्ला अधिवेशन भएको छैन।