गोरखा घोराहीलाई ‘राष्ट्रिय शिक्षा सम्मान २०८०’ गोरखा तुलसीपुरलाई ‘उत्कृष्ट मावि २०८०’ अवार्ड 

गोरखा घोराहीलाई ‘राष्ट्रिय शिक्षा सम्मान २०८०’ गोरखा तुलसीपुरलाई ‘उत्कृष्ट मावि २०८०’ अवार्ड 


  • 3.8K
    SHARES
    • आषाढ १६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    गोरखा घोराहीलाई ‘राष्ट्रिय शिक्षा सम्मान २०८०’ गोरखा तुलसीपुरलाई ‘उत्कृष्ट मावि २०८०’ अवार्ड 

    दाङ, १६ असार । दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुललाई ‘राष्ट्रिय शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएको छ । फोकस नेपालले गोरखा घोराहीलाई ‘राष्ट्रिय शिक्षा सम्मान २०८०’ बाट सम्मानित गरेको हो 

    images

    त्यस्तै गोरखा मावि तुलसीपुरले देशमै उत्कृष्ट स्कुलको अवार्ड पाएको छ । फोकस नेपालले गोरखा माविलाई देशकै उत्कृष्ट विद्यालयका रूपमा ‘उत्कृष्ट मावि २०८०’ अवार्ड प्रदान गरेको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच देशभरका उत्कृष्ट १० वटा विद्यालयहरूलाई सम्मान गरिएको हो ।

    दुवै संस्थालाई शनिबार काठमाडौमा फोकस नेपाल संस्थाद्वारा आयोजित वर्तमान शिक्षा नीति र आगामी चुनौति विषयक विचार गोष्ठि, सम्मान प्रदान तथा विशेष सांस्कृतिक समारोह कार्यक्रममा सम्मान प्रदान गरिएको थियो ।

     
    समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगत वर्षहरुको परीक्षाको नतिजालाई आधार मानेर देशभरिका माविहरूबाट छनौट गरेर  सम्मान तथा अवार्ड प्रदान  गरिएको फोकस नेपालले बताएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि माननीय तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गा केसीलाई अवार्ड प्रदान गरेका थिए । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षता, माननीय तथा पूर्व मन्त्री  अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यता एवम् माननीय तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलको विशिष्ठ आतिथ्यता सम्पन्न भएको थियो ।


    तेस्रो आँखा