कांग्रेस महिला खुला केन्द्रीय सदस्य : देउवापत्नीसहित ९ जना निर्वाचित, कसले कति मत पाए ?

कांग्रेस महिला खुला केन्द्रीय सदस्य : देउवापत्नीसहित ९ जना निर्वाचित, कसले कति मत पाए ?


  • 7.0K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    कांग्रेस महिला खुला केन्द्रीय सदस्य : देउवापत्नीसहित ९ जना निर्वाचित, कसले कति मत पाए ?
    • तेस्रो आाखा डेस्क

    काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।

    images

    सार्वजनिक मतपरिणामअनुसार डा. डिला संग्रौलाले २८ सय ८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य पदमा निर्वाचित  भएकी छन् । 

    दोस्रोमा पुष्पा भुसाल २७ सय १८ मत तथा आरजु राणा देउवा २५ सय ३६ मत ल्याएर तेस्रो भएकी छन् ।  त्यस्तै, चौथोमा अम्बिका बस्नेत २३ सय ३९ मत र पाँचौंमा ईश्वरी न्यौपाने २२ सय ५९ मत ल्याएका छन् ।

    त्यस्तै छैटौंमा सरिता प्रसाईँ २ हजार ९६ मत, सातौंमा रमा कोइराला १८ सय ५८ मत, आठौंमा सुशीला ढकाल १८ सय ४ मत र नवौंमा रङ्गमति शाही १७ सय ८९ मत ल्याएर विजयी भएका हुन् ।

    ९ जना खुला महिला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनका लागि ३० जनाबीच प्रतिपर्धा भएको थियो । मतदानमा ४६७९ मत खसेको थियो भने ६७ मत बदर भएको थियो । 

    265519734_1898835170318869_899857959055833663_n.jpg

    267791007_415485493696749_6080802768312456498_n.jpg


    तेस्रो आँखा