- तेस्रो आँखा डेस्क
काठमाडौं, ६ पुस। नेपाली कांग्रेसको मधेशी कलष्टरतर्फ केन्द्रीय सदस्य पदमा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न मतपरिणमअनुसार अजय चौरासिया निर्वाचित भएका छन् । उनले २५२२ मत ल्याएका छन् । भने विनोद चौधरीले २२०६ मत प्राप्त गरेका छन् । त्यस्तै, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन्।
चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।
