बार स्थापना दिवसको अवसरमा उपत्यकाका बारले संयुक्त रुपमा प्रर्दशन गर्ने

बार स्थापना दिवसको अवसरमा उपत्यकाका बारले संयुक्त रुपमा प्रर्दशन गर्ने


  • 6.2K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    बार स्थापना दिवसको अवसरमा उपत्यकाका बारले संयुक्त रुपमा प्रर्दशन गर्ने
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, ६ पुस । बार दिवसको अवसरमा उपत्यकाका सबै बारले भोली संयुक्त रुपमा प्रदर्शन गर्ने भएका छन् । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनरत कानुन व्यवसायीले दिवसकाे अवसरमा  प्रर्दशन गर्न लागेकाे जनाएका हुन् । 

    images

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला अदालतका साथै विशेष अदालत र सर्वोच्च अदालतका कानुन व्यवसायीले संयुक्त रुपमा प्रर्दशन गर्न लागेका हुन् । त्यस्तै उनीहरूले  विचार गोष्ठीको आयोजना गर्दै छन् । 

    प्रधानन्यायाधीसको राजीनामा माग्दै बारले आज पनि विराेध प्रर्दशन गरेकाे छ। प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजिनामा दिनुको कुनै विकल्प नभएको बताएका छन् ।   

    गत कात्तिक १४ गते देखि निरन्तर सुरू भएकाे आन्दोलन प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म जारी रहने श्रेष्ठले बताए ।

    ‘दलहरुलाई प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने १७ वटा कारणहरु बुझाइसकेका छौ,' श्रेठले भने 'दलहरुले उचित कदम नचालेको खण्डमा दलहरु पनि उहाँसँग मिलेका हुन् कि भन्ने आउन नदिन छिटै उपयुक्त कदम चाल्न आग्रह गछौँ ।’

    जबरा एउटा व्यक्ति मात्र नभएर भ्रष्टचारको मुख्य भएकाले न्यायालय सुद्धीकरणको लागि उनको राजिनामा अत्यावश्यक भएको उनले बताए । बारको आन्दोलन बार मै सिमित राख्न र माइकको प्रयोग नगर्न अदालतले गरेको आग्रह नमान्ने पनि श्रेष्ठले बताए  । न्यायालयमा व्याप्त भ्रष्टचार, विसंगति, विचौलिया नरोकिएसम्म आन्दोलन नरोकिने भन्दै गोलाप्रथाबाट उनीसँग परेका कुनै पनि बहसमा आफूहरु बेन्चमा नबस्ने बिषयमा न्यायायधीश र कानुन व्यवसायी स्पष्ट रहेको उनको भनाइ छ । 

    सर्वोच्चको प्राङ्गणमा प्रर्दशन गर्दै कानुनी व्यावसायीले न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादीत प्रधानन्यायाधीश राजिनामा देऊ, अदालतको सर्वोच्चता कायम गर, कानुन व्यवसायी एकता जिन्दावाद लगायतका ब्यानर राखेर नारा लागाएका थिए । उनीहरुले प्रधानन्यायाधीशको राजिनामा समेत माग गरेका छन् ।  

    उनले न्यायालयको सुद्धीकरणको अभियानमा साथ दिन पत्रकार, राजनीतिक दललगायत सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल बार एसाेसिएसन

  • तेस्रो आँखा