- तेस्रो आँखा डेस्क
काठमाडौं, ६ पुस । नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।
नयाँ नेतृत्वका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको प्रदेश २ को निर्वाचन समितिले जनाएको छ । प्रदेश २ को सभापतिका उमेदवार कृष्ण यादव र राम सरोज यादव दर्ता स्थलमा पुगेका छन् ।
मनोनयन दर्ताका लागि सभापति पद्को उम्मेदवारलाई १५ हजार, उपसभापति, महामन्त्री, सहमहामन्त्री पद्का लागि १० हजार र सदस्य पदका लागि ५ हजार उमेदवारी दर्ता शुल्क राखिएको छ ।
त्यस्तै, मनोनयनपत्र माथि पर्ने दावी विरोधको समय साढे ४ देखि ५ बजेसम्म, दाबी विरोध उपर निर्णय दिने समय साढे ५ देखि ६ बजेसम्म र वर्णानुक्रम अनुसार उमेदवारहरूको नामावली प्रकाशन गर्ने समय साँझ ७ बजे तोकिएको छ ।
दर्ता भएको मनोनयन पत्र फिर्ता लिने समय साँझ ७ देखि ८ बजेसम्मका लागि तोकिएको छ भने अन्तिम नामावली प्रकाशन राति १० बजे गरिने बताइएको छ । मतदान बुधबार बिहान ८ देखि ४ बजेसम्म हुनेछ ।
