काठमाडौं, ६ पुस । संघीय संसदको प्रतिनिधि सभाको बैठक बुधबार पुनः बस्नेभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण नियमित सूचारु हुन नसकेको संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सभामूखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रका बारेमा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्तुत कार्यसूची रहेको छ ।
त्यस्तै, सुवालले तेजाप तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै मन्त्री खाँणले तेजाप तथा रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सांसद सुवालले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भनी सुचना प्रस्तुत गर्नुहुने छ । मन्त्री खाँणले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ लाई स्विकार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सांसद सुवालले रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्, भन्ने सूचना प्रस्तुत गर्ने र भौतिक पूर्वधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदकोे महासचिव डा.भरतराज गौतमले बताए ।

