प्रदेश दुईको नेतृत्वकालागि दुई यादवको मनोनयन दर्ता/भोली मतदान

प्रदेश दुईको नेतृत्वकालागि दुई यादवको मनोनयन दर्ता/भोली मतदान


  • 10.5K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    प्रदेश दुईको नेतृत्वकालागि दुई यादवको मनोनयन दर्ता/भोली मतदान

    काठमाडौं, ६ पुस । नेपाली कांग्रेस प्रदेश-२ को सभापति पदकालागि कृष्णा यादव र रामसरोज यादवले मनोनयन दर्ता गराएका छन् ।  कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णा यादव र नेता विमलेन्द्र निधि निकट मानिएका प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले मनोनयन दर्ता गराएका हुन ।

    images

    कांग्रेसको प्रदेश २ को प्रथम प्रदेश अधिवेशन अन्तर्गत आज निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । प्रदेश २ को निर्वाचन समितिले साढे १ बजे मतदाता नामावली प्रकाशन गरेर मनोनयनको समय साढे १ देखि साढे ४ बजेसम्मको निर्धारण गरेको थियो  ।

    मनोनयनपत्र माथि पर्ने दाबी÷विरोधको समय साढे ४ देखि ५ बजेसम्म, दाबी विरोध उपर निर्णय दिने समय साढे ५ देखि ६ बजेसम्म र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने समय साँझ ७ बजे तोकिएको प्रदेश निर्वाचन समिति संयोजक  प्रल्हाद गौतमले बताए ।

    प्राविधिक कारणले गर्दा मनोनयन दर्ताको समय थप गर्न छलफल भइरहेको निर्वाचन अधिकृत गौतमले बताए । दर्ता भएको मनोनयन पत्र फिर्ता लिने समय साँझ ७ देखि ८ बजेसम्मका लागि तोकिएको छ । अन्तिम नामावली प्रकाशन राति १० बजे गरिने    छ । बुधबार बिहान ८ देखि ४ बजेसम्म मतदानतको समय राखिएको निर्वाचन समितिले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रदेश दुई

  • तेस्रो आँखा
    लेखकबाट थप