इतर समूह विभाजनपछि कमजोर भयो : डा. महत(भिडियो सहित)

इतर समूह विभाजनपछि कमजोर भयो : डा. महत(भिडियो सहित)


  • 14.6K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 22.4K Views

    इतर समूह विभाजनपछि कमजोर भयो : डा. महत(भिडियो सहित)

    काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका नेता रामशरण महतले आफ्नो समूह विभाजन भएका कारण कमजोर भएको बताएका छन्। सभापतिका पराजयी डा शेखर कोइरालाले मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै डा. महतले आफ्नो समूहबाट प्रकाशमान सिंह अन्तजाँदा हार व्यहोर्नु परेको बताएका हुन्। 

    images

    उनले पार्टी भित्र पनि अन्तरपार्टी जस्तो, आम निर्वाचन जस्तो गुट उपगुट हुने भएका कारण पार्टी नै कमजोर हुने गरेको तर्क गरे। उनले भने, ‘हामीले खास गरी महाधिवेशनमा पार्टीभित्र गुट उपगुट व्यहोर्नु प¥यो। जसका कारण हार्नु प¥यो। पार्टी नै कमजोर भयो। हामी कमजोर भयौं।’

    आफ्नै समूह फुटेपछि पनि डा. शेखर कोइरालाले पाएको मत प्रशंसनीय भएको भन्दै डा. महतले सबै मतदातालाई धन्यवाद ज्ञापन गरेका छन्। उनले भने, ‘ पदाधिकारीमा पनि नलडेर, केन्द्रीय सदस्यबाट सिधै सभापति लड्दा पनि जुन मत पाउनु भयो एकदमै प्रशंसनीय हो। म सबै मतदातलाई धन्यावाद दिन चाहान्छु।’

    यसपछि गुट उपगुटको पछि नलागेर पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने उनको तर्क छ। 

  • सम्बन्धित विषय:

  • # रामशरण महत
  • # ramsharanmahat

  • तेस्रो आँखा