वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ

वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ


  • 4.5K
    SHARES
    • आषाढ २३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ

    कास्की, २३ असार ।  गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीन जना नक्कली परीक्षार्थी पक्राउ गरेको हो ।

    images

    परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना पक्राउ परेका हुन् ।


    तेस्रो आँखा