कांग्रेस कर्णाली प्रदेश केन्द्रीय सदस्यमा  दुई शाह विजयी, पूर्वमन्त्री थानी पराजित

कांग्रेस कर्णाली प्रदेश केन्द्रीय सदस्यमा  दुई शाह विजयी, पूर्वमन्त्री थानी पराजित


  • 10.4K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    कांग्रेस कर्णाली प्रदेश केन्द्रीय सदस्यमा  दुई शाह विजयी, पूर्वमन्त्री थानी पराजित
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य पदमा राजीव विक्रम शाह विजयी भएका छन् । 

    images

    १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा शाहले २ हजार ८ सय २० मत ल्याएर विजयी भएका हुन् भने पूर्वमन्त्री हृदयराम थानी पराजित भएका छन् । उनले २ हजार १ सय ९९ मत प्राप्त गरे । उनी एक मतले पराजित भएका हुन् । 

    त्यस्तै, अर्का उम्मेदवार कर्णबहादुर बुढा पनि विजयी भएका छन् । उनले २ हजार २ सय मत प्राप्त गरेका छन् । कर्णालीबाट केन्द्रीय सदस्य पदमा महिला एक सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहकै जानकी सिंह विजयी भएकी छन् ।

    उनले २ हजार ६ सय २४ मत प्राप्त गरिन। निर्वाचन समितिअनुसार संस्थापनइतर समूहकी उम्मेदवार मैना कार्कीले १ हजार ९ सय ५५ मत प्राप्त गरेकी छन्। 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा