• ट्रेण्डिङ्ग :
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना


  • 4.4K
    SHARES
    • आषाढ २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    दाङ २४ असार /
    आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    images

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

    आइतबार राति देशभर आंशिकदेखि सामान्य रहनेछ। कोशी प्रदेशसहित देशका तराईका केही  स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
     
    कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।


    तेस्रो आँखा