मन्त्री मास्कीद्वारा देउखुरीका विकासे योजनाको अनुगमन 

मन्त्री मास्कीद्वारा देउखुरीका विकासे योजनाको अनुगमन 


  • 5.6K
    SHARES
    • आषाढ २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 8.5K Views

    मन्त्री मास्कीद्वारा देउखुरीका विकासे योजनाको अनुगमन 

    देउखुरी, २५ असार / 
    लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् । आईतबार मन्त्री मास्कीले राप्ती गाउँपालिका वडा नं।२ स्थित  कटाहाघाटमा निर्माण हुने लागेको फोहर मैला ब्यबस्थापन स्थलको अनुगमन गरेका हुन् ।

    images

    पालिकामा यस अघि फोहरमैला व्यबस्थापन स्थल निर्माण गर्न विवाद भएको थियो । प्रदेश सरकारको संयोजनमा फोहरमैला ब्यबस्थापन स्थल निर्माण कार्य अगाडी बढेको हो । जहाँ ३० लाखको लागतमा फोहरमैला ब्यबस्थापन स्थल निर्माण भइरहेको छ ।

    त्यस्तै मन्त्री मास्कीले गढवा गाउँपालिका वडा नं। ४ स्थित खैराघाटको तटबन्धनको पनि अनुगमन गरेका छन् । जहाँ तटन्बन नहुँदा नागरिकले बर्षादमा सास्ती भोग्नु परेको थियो । तटबन्ध निर्माणको काम अन्तिममा पुगेसंगै त्यहाँका नागरिक खुसी भएका छन् । त्यस्तै गढवा गाउँपालिका स्तरीय कोल्ड स्टोरको पनि अनुगमन गरिएको छ ।

    वडा नं।३ मा सोही कोल्डस्टोर निर्माण भइरहेको छ । कोल्ड स्टोर निर्माण हुन थालेपछि उत्पादन कृषीजन्य बस्तु भण्डारणकालागि सहज हुनेछ । मन्त्री मास्कीको पहलमा विकास निर्माणका कामहरु अघि बढिरहेका छन् । आफ्नो पहलमा भएका विकास निर्माणको अबस्थाका बारेमा बुझ्नकालागि अनुगमन गरेको मन्त्री मास्कीले बताए । उनले दीगो विकासमा ध्यान दिनुपर्ने समेत बताई । नियमितको अनुगमनले दिगो र छिटो विकास निर्माणको काम हुने उनको भनाई छ ।


    तेस्रो आँखा