मन्त्री मास्कीको पहलमा हापुरेमा ढल निकास

मन्त्री मास्कीको पहलमा हापुरेमा ढल निकास


  • 3.4K
    SHARES
    • आषाढ २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    मन्त्री मास्कीको पहलमा हापुरेमा ढल निकास

    दाङ,२५ असार /
    दाङको एतिहासिक बजार हापुरेमा ढल निकासको समस्या समाधान भएको छ । बबई गाउँपालिका वडा नं.५ स्थित हापुरे बजारमा यस अघि ढल निकास नहुँदा डुवान हुने अबस्था थियो । तर, अब त्यो समस्या हटेको छ ।

    images

    लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको पहलमा प्रदेश सरकारको २० लाखको अनुदान र जनश्रमदानबाट ढल निकास निर्माण भएको हो । ढल निकासको काम पूरा भएपछि मन्त्री मास्कीले सोही स्थानको अनुगमन गरेका छन् ।

    त्यस अवसरमा उनले पश्चिम दाङका धेरै समस्याहरु तत्काल हल गर्ने गरि काम अघि बढाएको समेत बताए । उनले विकास निर्माणको कामलाई दिगो र प्रभाबकारी बनाउनकालागि नियमित अनुगमन गर्ने समेत बताए । 


    तेस्रो आँखा