मन्त्री मास्कीद्वारा पाल्पा दरवारको अवलोकन  

मन्त्री मास्कीद्वारा पाल्पा दरवारको अवलोकन  


  • 5.6K
    SHARES
    • आषाढ २८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 8.7K Views

    मन्त्री मास्कीद्वारा पाल्पा दरवारको अवलोकन  

    देउखुरी,२८ असार /
    लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पाल्पा दरबार संग्रहालयको अवलोकन गरेका छन् । संग्रहालयमा रहेको मगर, थारुलगायतको अवलोकन गरेका हुन् । प्रदेश सरकार मातहत रहेको उक्त संग्रहालयलाई थप ब्यबस्थित गर्नकालागि प्रत्येक बर्ष  प्रदेश सरकारले बजेट ब्यबस्था गर्ने गरेको मन्त्री मास्कीले बताए ।

    images

    संग्रालयमा परम्परागत सामग्री, रहनसहन राखिने भएकाले त्यसले पुर्खालाई नयाँ पुस्ताले पनि अध्ययन गर्ने पाउने उनको भनाई छ ।   संग्रहालय प्रवेशमा विद्यार्थीलाई रु ५, स्वदेशी नागरिकलाई  १५, सार्क देशका नागरिकका लागि ५० र अन्य विदेशी नागरिकका लागि १०० लाग्छ । क्यामरा शुल्क नेपालीका लागि  २५, सार्कका लागि ५० र अन्य देशका नागरिकका लागि १०० कायम गरिएको छ ।
    संग्रहालयमा बुधबारदेखि आइतबारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमबार बिहान १० बजेदेखि २ः३० सम्म संग्रहालय खुल्नेछ । मङ्गलबार भने बन्द रहने गरेको छ ।


    तेस्रो आँखा