एन प्याव्सन दाङद्वारा वर्ष उत्कृष्ट तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

एन प्याव्सन दाङद्वारा वर्ष उत्कृष्ट तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मानित


  • 6.3K
    SHARES
    • आषाढ २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 9.7K Views

    एन प्याव्सन दाङद्वारा वर्ष उत्कृष्ट तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

    तुलसीपुर  २९ असार /
    एन प्याव्सन दाङले शुक्रबार एक कार्यक्रमको आयोजना गरि एसईई २०७९ मा उत्कृष्ट अंक ल्याउने तथा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ का छात्र छात्राहरुलाई सम्मान गरेको छ । एन प्याव्सन दाङका अध्यक्ष बिमल गौतमको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एसईई २०७९ मा छात्रा तर्फ ४ जिपिए सहित जिल्ला प्रथम हुन सफल ज्ञान ज्योति मावि तुलसीपुरकी छात्रा जेनिसा सुवेदी र छात्र तर्फ ३।९५ जिपिए सहित जिल्ला प्रथम हुन सफल भएका अमृत एकेडेमी बिजौरीकाका सागर बस्नेतलाई सम्मान गरिएको थियो ।

    images

    त्यसैगरी उत्कृष्ट जिपिए सहित जिल्ला प्रथम बनाउन सफल ज्ञान ज्मायोति मावि र अमृत एकेडेमीलाई समेत सम्मान गरिएको थियो । त्यसैगरि सोहि कार्यक्रममा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ मा उत्कृष्ट अंक ल्याउने छात्ररछात्रहरुलाई समेत सम्मान गरिएको थियो । एन प्यााव्सन दाङले गत चैतमा लिएको परिक्षामा सवै भन्दा धेरै अंक ल्याउने ५ जना छात्र र ५ जना छात्रा सम्मानित भएका हुन । 

    सो अवसरमा छात्र तर्फ प्रथम हुन सफल अमृत विद्यामन्दिर शान्तिनगरका निश्चल पाण्डे ,द्धितिय ज्ञानज्योति मावि तुलसीपुरका दिपेन्द्र डिसी ,तृतिय लोकप्रिय विद्यामन्दिर रगैचाका किरण रावत ,चौथो पि.एण्ड.के पाठशालाका हिमाल आचार्य र पाचौं हुनसफल पुरन्धारा एभरेष्ट एकेडेमिका रोशन केसी तथा अमृत एकेडेमीका सागर बस्नेतलाई सम्मान गरिएको थियो ।

    त्यसैगरि छात्रा तर्फ राप्तीबाल एकेडेमिकि निरुता सुनार र ज्ञान ज्योति माविकि जेनिसा सुवेदि प्रथम हुन सफल भएका थिए । त्यस्तै पिपुल्स ल्याण्ड इगलिस वोडिङ स्कुल हापुरेकि वालिका वलि दितिय , मिडवेष्ट प्वाईन्ट एकेडेमिकि अनिमा वुढाथोकि तृतिय , जनप्रिय ई। वो। स्कुलकि रोजिना चौधरी चौथो र पिएण्डके पाठशालाकि दिपा भण्डारी पाचौं हुन सफल भएका थिए । उनिहरुलाई समेत सम्मान गरिएको हो । सो अवसरमा वोल्दै प्रमुख अतिथि डाँगीले प्रतिस्पर्धा मार्फत उत्कृष्ट हुन सफल भएकोमा बधाई दिदै आगामि दिनमा समेत उत्कृष्टता हासिल गर्न शुभ कामना दिए ।

    सो अवसरमा एन प्याव्सनका केन्द्रीय सल्लाहकार गुणाखर ढकाल , जिल्ला सल्लाहकार राजेन्द्र पाण्डे ,तुलसिपुर नगर अध्यक्ष शालिकराम कार्की , ज्ञान ज्योति माविका भाईस प्रिन्सिपल मनोज केसी , रिपोर्टस क्ललवका अध्यक्ष शरद रेग्मी लगाएतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए । जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सहजीकरण ठाकुर प्रसाद डाँगीले गरेका थिए ।


    तेस्रो आँखा