बैंकिङ कसुरमा पक्राउ परे लुम्बिनीका पूर्वमन्त्री

बैंकिङ कसुरमा पक्राउ परे लुम्बिनीका पूर्वमन्त्री


  • 3.1K
    SHARES
    • श्रावण १, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    बैंकिङ कसुरमा पक्राउ परे लुम्बिनीका पूर्वमन्त्री

    बुटवल १ साउन / लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यादवविरूद्ध जिल्ला अदालत रूपन्देहीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको रूपन्देही प्रहरीको सोही पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    images

    बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ परेका यादवलाई जिल्ला अदालत रूपन्देहीमार्फत् जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा बुझाइएको छ । रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यादवलाई सोमबार कार्यालयमा बुझाइएको जानकारी दिए । बाँके प्रहरीले पक्राउ गरी आज बिहान मात्रै जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई बुझाएको हो,’ अर्यालले भने ।

    नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका यादवले दलले टिकट नदिएको झोंकमा पार्टी परिवर्तन गर्दै आएका थिए । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरी बाँके क्षेत्र नं। २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई मन्त्रीसमेत बनेका थिए । शंकर पोखरेल नेतृत्वको पछिल्लो सरकारको पालामा पार्टीको निर्णयविपरीत एमाले सरकारमा सहभागी भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो । २०७९ सालको निर्वाचनमा भने एमाले प्रवेश गरी उम्मेदवार बने पनि निर्वाचनमा उनी पराजित भएका थिए । सेतोपाटी


    तेस्रो आँखा