माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा अन्य दलका शीर्ष नेतालाई नबोलाउने

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा अन्य दलका शीर्ष नेतालाई नबोलाउने


  • 8.2K
    SHARES
    • पौष ७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा अन्य दलका शीर्ष नेतालाई नबोलाउने

    काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा कुनैपनि दलका शीर्ष नेतालाई नबोलाउने भएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    images

    राष्ट्रिय सम्मेलनका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले कुनै दलका नेतालाई नबाेलाउने निर्णय भएको  बताए । 

    आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।

    प्रदेशहरुबाट ८ सय र अन्य विभिन्न कमिटीहरुबाट प्रतिनिधि छानिने प्रवक्ता महराले बताए ।   महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरु चयन भइसकेको उनले जानकारी दिए ।