माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी


  • 15.8K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 24.3K Views

    माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी

    काठमाडौं, ८ पुस । नेकपा माओवादी केन्द्रको प्रदेश १ को निर्वाचन सम्पन्न भएको छ। बुधबार भएको निर्वाचनबाट अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हर्कबहादुर नेम्वाङ पपुलर मतसहित बिजयी भएका छन्। 

    images

    अध्यक्षमा विजयी भएका नेम्वाङले एक सय ६९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्र पाएका हुन्। 

    गत मंसिरमा अधिवेशन सम्पन्न भए पनि अध्यक्षको आकांक्षी धेरै भएका कारण नेतृत्व चयन हुन सकेको थिएन। नेतृत्वका लागि जनार्दन शर्मा र वर्षमान पुन निकट नेताहरु मैदानमा थिए। 

    प्रदेश १ मा माओवादी केन्द्रको उपाध्यक्षमा  तीन जना बिजयी भएका छन्। जसमा मणिकुमार साम्पाङ १ सय ११, देवान चाम्लिङ १ सय २० र शिवकुमार डाँगी १ सय १३ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ।  

    यसैगरी, सचिवमा गणेश उप्रेती १ सय ४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै प्राप्त गरेका छन्। 

    तीन सहसचिवमा कुमारी राई १ सय १४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर  विजयी भएको निर्वाचन समितिले जनाएको छ। 

    माओावादी केन्द्र प्रदेश नं. १ को प्रदेश समितिको ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २ सय ४० जनाले मतदान गरेका थिए। २९ जनाको उम्मेदवारी परेको  समितिले जनाएको छ। 
    को थियो ।