नेपाली कांग्रेस क्षेत्र न. २ ले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेस क्षेत्र न. २ ले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने


  • 6.6K
    SHARES
    • श्रावण ७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 10.2K Views

    नेपाली कांग्रेस क्षेत्र न. २ ले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

    घोराही, ७ साउन । नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले संगठन सुदृढीकरणका लागि अभियान थाल्ने भएको छ । क्षेत्रीय समितिको आइतवार घोराहीमा बसेको बैठकले क्षेत्रका २७ वटै वडाहरुमा प्रतिनिधि खटाई वडाको वस्तुस्थिति संकलन गरी वडा समितिसँग संगठन सुदृढीकरणका लागि सुझाव संकलन गरेर अभियान अगाडी बढाउने निर्णय गरेको हो । 

    images

    क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले वडा तथा टोल समितिहरुलाई नियमीत बैठक तथा संगठन सुदृढीकरणको कामहरु गर्न निर्देशन पनि दिएको छ । यस्तै क्रियाशील सदस्यताको बारेमा वास्तविक आवद्धताको अवश्थाबारे नामावलीसहित प्रतिवेदन पेश गर्न वडा समितिलाई निर्देशन दिने र आवश्यता अनुसार नयाँ सदस्यता थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।   

    बैठकले क्षेत्रमा गठन गरिएको क्षेत्रीय प्रशिक्षण शाखामा सदस्य संख्या थप गरेको छ । शाखामा थप ११ जनालाई थप गरि १४ सदस्यीय बनाइएको छ । जसमा लालबहादुर गिरी, निशान्त आचार्य, खडानन्द खनाल, भुवन चौधरी, डण्डीराम बिक, सरस्वता गौतम, लक्ष्मी लम्साल, देवकला खड्का, कल्पना खड्का, बिजय गौतम र शिरवाज बस्नेत रहेका छन् । बैठकले पार्टीको विधानबमोजिम नेपाली कांग्रेस दाङसँग समन्वय गरि लेबी संकलन गर्ने निर्णय गरेको छ ।  

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा