• ट्रेण्डिङ्ग :
दाङका खोलाहरुमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह 

दाङका खोलाहरुमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह 


  • 3.3K
    SHARES
    • श्रावण ९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    दाङका खोलाहरुमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह 

    दाङ ९ साउन\ दाङसहित छिमेकी जिल्लाहरुमा मंगलबार बिहानै देखि लगातार भारी वर्षा भइरहेको छ । वर्षाका कारण दाङका नदी खोलाहरुमा पानीको बहाव बढ्दै गएको छ । खनासगरी राप्ती गाउँपालिका स्थित राप्ती नदि ,दोलाई खोला, सानो लगायत ग्वारखोला, कालाखोला, हापुरखोल लगायत आसपासका खहरे खोलाहरुमा पानीको बहाव बढी रहेको छ ।

    images

    यसैबीच राप्ती गाउँपालिका वडा नम्बर ५ र ६ का केही गाउँहरु बाढीको सम्भावित जोखिममा रहेका छन् । सम्भावित बाढीको जोखिममा रहेका उक्त गाउँहरुको पालिकाका अध्यक्ष प्रकाश विष्ट ,वडा नम्बर ५ का वडा अध्यक्ष देवीप्रसाद चौधरी र शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले स्थलगत अनुगमन गरेका छन् ।

    साथै नदी तथा खोला आसपासका स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । जोखिममा परे  नजिकैको प्रहरी तथा जनप्रतिनिधिहरुलाई तत्काल सम्पर्क गर्न समेत आग्रह गरेका छन् । अहिले नदी आसपासका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको जिल्ला  प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

      363046921_3002836053181926_725464882195222690_n.jpg


    तेस्रो आँखा