• ट्रेण्डिङ्ग :
सुदूरपश्चिम प्रदेशमा भए मन्त्रिपरिषद् विस्तार 

सुदूरपश्चिम प्रदेशमा भए मन्त्रिपरिषद् विस्तार 


  • 3.3K
    SHARES
    • श्रावण १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    सुदूरपश्चिम प्रदेशमा भए मन्त्रिपरिषद् विस्तार 

    कैलाली १० साउन/ भागबण्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णयबाट पछि हटेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

    images

    सोहीअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई नियुक्त गर्ने तयारी गरेका थिए । तर, पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेको बताउदै सरकारमा सहभागी नहुने बताइन् ।

    पार्टी केन्द्रबाट पत्र आएपछि आज तय भएको सरकार विस्तार रोकिएको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए । मुख्यमन्त्री शाहले हिजो नै नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने तय भएको थियो । तर अन्तिम समयमा रोकिएको छ ।


    तेस्रो आँखा