• ट्रेण्डिङ्ग :
कपिलवस्तुमा ४८ लाख अवैध रकमसहित एक पक्राउ

कपिलवस्तुमा ४८ लाख अवैध रकमसहित एक पक्राउ


  • 5.2K
    SHARES
    • श्रावण १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 7.9K Views

    कपिलवस्तुमा ४८ लाख अवैध रकमसहित एक पक्राउ

    तौलिहवा, १० साउन । कपिलवस्तुमा अवैध भारतीय रुपियाँ र स्रोत नखुलेको नेपाली रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ का ४७ वर्षीय सुनिलकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

    images

    सोही नगरपालिकाको आन्दोलन चौकस्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतीय रुपियाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा गुप्ता पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

    कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपियाँ २४ लाख १३ हजार २५५ र अवैध भारतीय रुपियाँ १४ लाख ९४ हजार ९२०  गरी  ४८ लाख पाँ हाजर १२७ रुपियाँसहित गुप्तालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका गुप्तालाई सो रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।


    तेस्रो आँखा