कांग्रेस केन्द्रीय बैठक : नीति अधिवेशन नहुने, महासमिति बैठक मंसिरमा

कांग्रेस केन्द्रीय बैठक : नीति अधिवेशन नहुने, महासमिति बैठक मंसिरमा


  • 4.2K
    SHARES
    • श्रावण १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    कांग्रेस केन्द्रीय बैठक  : नीति अधिवेशन नहुने, महासमिति बैठक मंसिरमा

    काठमाडौँ, १० साउन । नेपाली कांग्रेसको महासमिति बैठक ११ देखि १३ मंसिरमा हुने भएको छ । सानेपामा जारी केन्द्रीय कार्यसमितिबै बैठकले मंसिर दोस्रो साता महासमितिको बैठक गर्ने निर्णय गरेको हो ।

    images

    विभिन्न निर्णयसहित बुधबारबाट कांग्रेस केन्द्रीय समितिको बैठक सकिँदै छ । ८ दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा कुरा उठाएका छन् । नेताहरुले उठाएको प्रश्नको जवाफ सभापति शेरबहादुर देउवाले दिएपछि बैठकले आवश्यक निर्णय गर्दै समापदन हुन लागेको हो ।

    केन्द्रीय समिति बैठकमा नेताहरुले नीति अधिवेशनको समेत माग गरेका थिए । तर, नीति अधिवेशन भने नगर्ने निष्कर्षमा पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा