लुम्बिनी र कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

लुम्बिनी र कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना


  • 3.3K
    SHARES
    • श्रावण ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    लुम्बिनी र कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

    दाङ ११ साउन / केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । बिहानैदेखि केही भू–भागमा भारी वर्षा भइरहेको छ ।  वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images

    काठमाडौंका बूढानीलकण्ठ, जितपुर र आसपास क्षेत्रमा पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ । विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखले जनाएको छ । बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

    हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।


    तेस्रो आँखा