तुलसीपुर, ११ साउन । दाङमा सडकका सयौं योजना परेका छन् । लुम्बिनी प्रदेश सरकारले दाङमा सडकका सयौं योजना छनोट गरेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सडकका लागि दाङमा सयौं सडक छनोट गरेका हुन् ।
चालु आर्थिक बर्ष २०८०/०८१ का लागि उक्त योजना छनोट गरिएको हो । पश्चिम दाङबाट पहिलो पटक मन्त्री भएको भन्दै उनले आफू अर्थमन्त्री हुँदा दाङका लागि धेरै सडकका योजनाहरु पार्न सफल भएको बताए । ‘पश्चिम दाङमा इतिहासमै धेरै बजेट पारेको छ’, उनले भने ‘पश्चिम दाङका लागि यति धेरै बजेट विगतमा परेको थिएन ।’
आफू मन्त्री भएपछि दाङको विकासका लागि दत्तचित्त भएर लाग्ने भनि जनतासंग बाचा खाएको भन्दै सोहीअनुसार काम गरेको मन्त्री मास्कीले बताए । अहिले परेको बजेटले पश्चिम दाङमा थुप्रै विकास हुने समेत उनले बताए । सडक नै विकासको मेरुदण्ड भएको समेत मन्त्री मास्कीले बताए ।
यी हुन्, सडकमा परेका योजनाहरु:
sadak yojana.pdf :To download file click here
