तुलबहादुर कवँर, दाङ १२ साउन/ लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बिहीबार राप्ती गाउँपालिका वडा नं।१ भालुवाङ्ग स्थित विभिन्न स्थानहरुको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री पाण्डेयले भालुवाङ्गमा रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ्ग र भालुवाङ्ग नगर विकास समिति भवनको पूर्व तर्फ आँपखोली ठाडो खोलाका कारण गएको पहिरोको निरीक्षण गरेका हुन् ।
मन्त्री पाण्डेयले प्रहरी कार्यालयको कम्पाउड ,मेश,सम्बन्धित शाखाहरुको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई बिभागय निति सम्बन्धमा मार्गदर्शन एवम् अपराध रोकथाम नियन्त्रण,शान्ति सुरक्षा लगायत समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिए । त्यस्तै पहिरो गएको स्थनको निरीक्षण पश्चात् मन्त्री पाण्डेयले विपत व्यवस्थापन शाखा मार्फत तत्काल पहिरो नियन्त्रणको लागि काम थालिने बताए ।
यसैबीच निरीक्षणकै क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राजधानी क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण सँगै शान्ति सुरक्षा कायम राख्न तत्काल राजमार्ग क्षेत्रमा जोडिएका सिसि क्यामेराहरु मर्मत सँगै आवश्यक स्थानहरुमा क्यामेरा थप गर्न मन्त्री पाण्डेयलाई आग्रह गरे ।
निरीक्षमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेय सँगै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,पालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी,वडा नम्बर १का वडा अध्यक्ष गेम बहादुर खड्का, ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह ,स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु लगायतको सहभागीता रहेको थियो ।
