आरआर क्याम्पसका शिक्षकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेविसंघको माग  

आरआर क्याम्पसका शिक्षकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेविसंघको माग  


  • 6.9K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    आरआर क्याम्पसका शिक्षकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेविसंघको माग  

    काठमाडौं, ८ पुस । नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ। नेविसंघ आरआर इकाईले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको हो।

    images

    ६ पुसमा क्याम्पसको विहानी सत्रमा आन्तरिक मूल्यांकन परीक्षा हुँदै गर्दा अनावश्यक रुपमा परीक्षा हलमा प्रवेश गरेर अनेरास्ववियुनिकट कुवेर जेठाराले परीक्षा सञ्चालन गरिरहेका शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए। खानेपानी जग नै कुच्चिनेगरी भएको आक्रमणमा घाइते शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लागेको थियो ।   

    दोषीलाई कारवाही गरी क्याम्पसमा पठनपाठन सूचारु गरायन र क्याम्पसमा विद्यार्थी तथा प्राध्यापकहरुको सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरिएको छ ।

    दोषीलाई कारवाही नगरे स्थापित हुने नजिर तथा यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन नै हुने चेतावनी पनि दिइएको छ।

    265874164_428216728956936_1237738768159256099_n.jpg

  • सम्बन्धित विषय:

  • # nsu
  • # नेविसंघ

  • तेस्रो आँखा