• ट्रेण्डिङ्ग :
राप्रपालाई जनताको पार्टी बनाउन नेतृत्व फेरियो : राप्रपा महामन्त्री राणा

राप्रपालाई जनताको पार्टी बनाउन नेतृत्व फेरियो : राप्रपा महामन्त्री राणा


  • 8.7K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    राप्रपालाई जनताको पार्टी बनाउन नेतृत्व फेरियो : राप्रपा महामन्त्री राणा

    तेस्रो आँखा डेस्क 
    दाङ,पुस ८।  राप्रपाका महामन्त्री धवल शमशेर राणाले राप्रपालाई जनताको पार्टी बनाउनका लागि कमल थापाको बहिमर्गन गरिएको बताएका छन् । अहिले सम्म राप्रपा नेताको मात्रै पार्टी भएको भन्दै राणाले जनताको पार्टी बनाउनका लागि नेतृत्व परिवर्तन गरिएको बताए । दाङ तुलसीपुरमा आयोजित सभामा बोल्दै राणाले भने ‘राप्रपालाई जनताको पार्टी बनाउनका लागि नेतृत्व परिवर्तन गरिएको हो, अहिले राप्रपा जनताको पार्टी बनेको छ ।’

    images

    राप्रपाको मुलुकका लागि सोच्ने शैली अब फेरिएको भन्दै राणााले यसअघि नेताको खल्तीबाट नेता बनाउने परिपाटीको अन्त्य भएको उनको भनाई छ । ‘राप्रपाका कार्यकर्ता तथा नेताहरु सिमित नेताका खल्तीबाट जन्माईए,’ उनले भने ‘यो परिपाटीको अन्त्य गरिएको छ, राप्रपाको सोच्ने शैली अब फेरिएको छ ।’   


    यसैगरि उनले मुलुकमा हिन्दु राष्ट्र कायम गर्न र राजसंस्था फिर्ताका लागि राप्रपाका अगाडी दुइ बिकल्प रहेको बताए । ‘एउटा यि दुई मुद्धा स्थापित गर्न नागरिक आन्दोलनको जरुरी हामीले देखेका छौँ,’ उनले भने ‘अर्को भनेको निर्वाचन हो ।’

    उनले राजसंस्था फिर्ताका लागि र हिन्दु राष्ट्र कायम गर्नका लागि राप्रपाले देशब्यापी आन्दोलन गर्न सक्ने भन्दै उक्त आन्दोलनमा सहभागी हुन आम नेपालीहरुलाई सहभागी हुन आग्रह गरे । यसैगरि आगामी निर्वाचनमा राप्रपाको जीत सुनिश्चित गरेर यि दुई मुद्धालाई मुलुकमा स्थापित गर्न सकिने बताए । 

     


    तेस्रो आँखा