दाङमा चित्तलको १७ केजी मासुसहित ३ जना पक्राउ

दाङमा चित्तलको १७ केजी मासुसहित ३ जना पक्राउ


  • 3.0K
    SHARES
    • श्रावण १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    दाङमा चित्तलको १७ केजी मासुसहित ३ जना पक्राउ

    दाङ १५ साउन/ दाङमा चित्तलको १७ केजी मासुसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही-६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा-६ का ३० वर्षीय मनोज थापा मगर, गढवा-६ कै ३१ वर्षीय करण केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

    images

    उनले आइतबार बेलुकी साढे पाँच बजे घोराही-३ कुइरेपानीमा चेकजाँच गर्नेक्रममा जेब्रा झोलामा लुकाएको अवस्थामा चित्तलको मासु फेला परेको बताए । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि  डिभिजन वन कार्यालय घोराही, दाङलाई बुझाइएको प्रहरीले बताएको छ ।


    तेस्रो आँखा