काठमाडौं, ८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने बताएका छन्। जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेपालीको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा स्थापित हुने बताए।
माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँको नेतृत्वमा एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले देशभर एमालेमा प्रवेश गर्नेको लहर चलेको जिकिर गरे। यसअघि कपिलवस्तुमा पनि जसपाका नेतासहित कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए।
कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटी सदस्यद्वय निर्मला देवकोटा र राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य जयप्रकाश थारु, नव प्रवेशी जालिम मियाँलगायतले धारणा राखेका थिए।

