प्रदेश २ को नामाकरण पेचिलो बन्दै !

प्रदेश २ को नामाकरण पेचिलो बन्दै !


  • 10.2K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    प्रदेश २ को नामाकरण पेचिलो बन्दै !

    काठमाडौं, ८ मंसिर । प्रदेश २ को नामकरणका विषयमा सत्ता गठबन्धनबीच नै फरक मत दर्ज भएपछि प्रदेशको नामको विषय थप पेचीलो बन्दै गएको छ । आज बसेको प्रदेश सभाको बैठकमा सत्तारुढ दलहरु जसपा र माओवादी केन्द्र एक ठाउँमा उभिए । भने कांग्रेस र नेकपा (एस)ले फरक फरक नाम प्रस्तुत गरेका छन् ।

    images

    कूल १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना सांसद छन् । जसमा जनता समाजवादी(जसपा) ३९ सिटसहित ठूलो दलको रुपमा कायम छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, लोसपाका १६, नेकपा (एस) का १३, एमालेका ८, माओवादीका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

    नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने उल्लेख छ । १०७ सदस्सीय प्रदेश सभामा दुई तिहाइ संख्या पु¥याउनका लागि ७२ जना सांसद आवश्यक देखिन्छ । 

    हाल सत्तारुढ गठबन्धनभित्रै फरक–फरक प्रस्ताव आएकाले कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ पु¥याउनका लागि कठिनाइ देखिएको हो । हाल मधेस प्रदेशको पक्षमा उभिएका जसपा, लोसपा र माओवादी केन्द्रको कूल सांसद संख्या ६३ छ । बहुमत जुटाउनका लागि यी दलहरुलाई थप ९ सांसदको समर्थन चाहिन्छ । 

    यसका लागि सत्ता गठबन्धनमा भएको कांग्रेस वा नेकपा(एस) दुईमध्ये एकले समर्थन गर्नुपर्ने देखिन्छ । तर, यी दुवै दलले आफ्ना छुट्टै प्रस्ताव पेस गरेका कारण सहमति जुट्न सकेन । यसअघि करिब डेढ वर्षअघि पनि प्रदेश सभाको नामकरणका लागि भएको मतदानमा दुई तिहाइ बहमुत नपुगेपछि प्रस्तावहरु फेल भएका थिए  ।

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • तेस्रो आँखा
    लेखकबाट थप