रुकुम पश्चिममा ७ नाल भरुवा बन्दुक फेला 

रुकुम पश्चिममा ७ नाल भरुवा बन्दुक फेला 


  • 5.2K
    SHARES
    • श्रावण १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 8.1K Views

    रुकुम पश्चिममा ७ नाल भरुवा बन्दुक फेला 

    रुकुम १६ साउन/ रुकुम पश्चिममा ७ नाल भरुवा बन्दुक फेला परेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ ग्यामखोलाको ओढारमा भरुवा बन्दुक फेला परेका हुन । 

    images

    ओढारमा लुकाइछिपाई बन्दुक राखिएको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा बेवारिसे अवस्थामा ओढारमा ७ नाल भरुवा बन्दुक फेला परि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार बन्दुकहरू कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । यसअघि पनि जिल्लाका विभिन्न जङ्गल तथा ओडारहरूमा बेवारिसे भरुवा बन्दुकहरू फेला पर्दै आएका छन् । 


    तेस्रो आँखा