• ट्रेण्डिङ्ग :
एसइई खारेजीको प्रस्ताव

एसइई खारेजीको प्रस्ताव


  • 5.8K
    SHARES
    • श्रावण १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 8.9K Views

    एसइई खारेजीको प्रस्ताव

    काठमाडौं १८ साउन/ विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ ।  मन्त्रिपरिषद् बैठकले संघीय संसद्‌मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । विद्यालय संरचनामा आधारभूत तह (कक्षा १-८) र माध्यमिक तह (कक्षा ९-१२)को व्यवस्था छ ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय तहलाई र माध्यमिक तहको अन्तिम परीक्षा ९कक्षा १२०को सञ्चालनको अधिकार राष्ट्रिय परीक्षा बोर्डमा नै निहित हुने तर एसइई खारेज गर्ने प्रस्ताव गरिएको छ ।

    कक्षा १० को परीक्षा भने सम्बन्धित विद्यालयले नै लिने गरी प्रस्ताव गरिएको छ । नेपालमा १९९० सालदेखि एसएलसी परीक्षा सुरु भएको थियो । २०७३ सालबाट भने यसको नामकरण एसइई भएको हो ।


    तेस्रो आँखा