दांग ८ पुस । दांगको जिल्ला कारागारमा २० वर्ष कैद सजाय पाएका एक कैदी फरार भएका भएका छन् । राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन गएको समयमा प्रहरीकै मोटरसाईकल लिई फरार भएको जिल्ला प्रहरी कार्यालय दांगका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।
परियार बिहान छालाको उपचार गर्न भन्दै प्रहरी जवान धन वहादुर चौधरीसँगै लु ३४प ४१० नम्बरको मोटरसाईकलमा चडेर गएको दांग जिल्ला प्रहरी प्रमुख काफ्लेले वताए ।
उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागे थिए । त्यसमा प्रहरी चौधरीको मिलेमतोको आशंका भइरहेको एसपी काफ्लेले जानकारी दिए ।
घटनाबारे चौधरीले दिउँसो चार बजेतिर मात्रै अवगत गराएको हुँदा आशंका गर्ने प्रशस्त आधारहरू रहेको उनले बताए। हामीले प्रहरी जवना चौधरीलाई थुनामा राखेका छौं,’ एसपी काफ्लेले भने, ‘परियारलाई भगाउन चौधरीले नै भूमिका खेलेको आधारहरू देखिएका छन्।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई सजाय सुनाएको थियो । परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तानी गरिसकेका थिए।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार परियार कारागारका नाइके थिए। परियारको खोजीमा प्रहरी परिचालन गरिएको काफ्ले बताए।
