राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज माओवादीको स्थायी कमिटी बैठक

राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज माओवादीको स्थायी कमिटी बैठक


  • 5.7K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज माओवादीको स्थायी कमिटी बैठक

    काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुक्रबार (आज)  बस्ने भएको छ। पुस ११  गतेदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो। 

    images

    अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ।  माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ।

    माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि प्रज्ञा भवनका सबै हलहरु बुकिङ गरिएको छ। करिव १५ सय जना प्रतिनिधि उपस्थित हुने राष्ट्रिय सम्मलेनमा खान, बस्न र आउने जाने खर्चको व्यवस्था प्रतिनिधि स्वयमले गर्नु पर्ने छ भने खान पार्टीले खुवाउने कार्यक्रम रहेको छ। 
    ्